नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित
काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस ९कोभिड–१९०को संक्रमित भेटिएका छन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
त्यही फ्लाइटबाट नेपालकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।
उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए ।
अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।






