लकडाउनको दशौं दिनः हेटौंडा वजारका मुल सडक सुनसान, भित्री सडकमा चहलपहल

जनपत्र
२० चैत्र २०७६, बिहीबार ०८:३०

हेटौंडा । लकडाउनको दशौं दिनमा हेटौंडाका मुल सडकहरु सुनसान भएपनि भित्री सडकमा भने केही सवारीका साधनहरु ओहोर दोहोर गर्ने, मानिसको आवत जाओत हुने गरेको छ ।

हेटौंडामा लकडाउनको कार्यान्वयन गर्नका लागि हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, मकवानपुरको प्रशासन लागिपरेका छन् । तर, मुख्यवजार क्षेत्रका सडक भन्दा पनि भित्री सडकबाट आफ्ना विभीन्न काम लिएर ओहोर दोहोर गर्नेहरु वढेका छन् । लकडाउनको पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र विहान र साँझपख पनि घरबाहिर ननिस्कनका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गर्नुभयो । जो व्यक्ति लकडाउनको कार्यान्वयन गर्न घरभित्र वस्छ उही व्यक्ति कोरोनाको संक्रमण नहुने उहाँले वताउनुभयो ।

हेटौंडा वजार क्षेत्र, खोपेगल्लीमा तरकारी खरिद गर्न, बसपार्क लगायतका क्षेत्रमा तरकारी खरिद गर्नका लागि, फलफूल खरिद गर्नका लागि हेटौंडावासी निस्कदा लकडाउनको उलंघन भएको हो ।

मकवानपुर जिल्लामा सरकारले गरेको लकडाउनलाई थप कडाई गरेको छ । लकडाउनलाई उलंघन गर्दै हिड्ने र पसलमा निस्कनेहरु वढ्न थालेपछी मकवानपुर प्रशासनले थप कडाइ गरेको हो । लिएका पासको पनि दुरुपयोग हुने र यसलाई पनि थप ल्यवस्थित गर्न लागिएको हो ।
अझै तरकारी र खाद्यान्न खरिद गर्नका लागि विहान वेलुकाको समयमा वजार क्षेत्रमा धेरै व्यक्ति घरबाहिर निस्कने भएकाले अव भने दिउसोको समयमा मात्र खाद्यान्न र तरकारी पसल खुल्ने मकवानपुरका प्रमसख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनको समयका लागि उपलव्ध गराउँदै आएको पास बन्द गरेको छ । यसअघि विभिन्न क्षेत्रलाई पासको व्यवस्था गरेको थियो । तर पासको दुरुपयोग भएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो व्यवस्था गरेको हो ।

अत्यावश्यक सेवाका सवारी र प्रेसका सवारी मात्रै नियमित संचालनमा आउने भएका छन् । त्यसबाहेक अन्य क्षेत्रलाई उपलवध गराउँदै आएको पास बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडामा विहान र साँझ खुल्दै आएका खाद्यान्न, दुग्ध तथा तरकारी पसलहरु अब दिउँसो मात्रै खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौंरले जानकारी दिनुभयो । लकडाउनलाई प्रभावकारी बनाउन खाद्यान्न, दुग्ध र तरकारी पसल विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै खुल्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*