आज असिना पानीको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

जनपत्र
२० चैत्र २०७६, बिहीबार ०७:४०

हाल देशमा स्थानीय वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आँशिक बदली रहने छ भने दिउँसो केहि स्थापनमा हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :

चैत्र २० गते बिहीबार

दिउँसोः देशका पहाडी भू-भागमा आँशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना रहेको छ । बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।

चैत्र २१ गते शुक्रबार

दिउँसोः देशका पहाडी भू-भागमा आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ ।

चैत्र २२ गते शनिबार

दिउँसोः देशका पहाडी भू-भागमा अपरान्हतिर आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ तथा असिना सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ । मुलुकखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*