प्रतिलिटर रु.१० ले घट्यो पेट्रोल र डिजेलको मूल्य

जनपत्र
२० चैत्र २०७६, बिहीबार ०७:१५

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर रु।१० ले घटाएको छ। मट्टितेल र हवाइ इन्धनको मूल्य समेत घटाएको निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। घटाएको मूल्य बुधबार राति १२ बजेबाटै लागू भइसकेको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार निगम सञ्चालक समतिको बुधबारको बैठकले मूल्य घटाएको हो।

अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर रु.९६ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. ८५ पर्नेछ। निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर रु।१५ ले घटाएर रु।७५ कायम गरेको छ। वाह्या उडानतर्फ प्रतिलिटर ०.९५ डलर कायम गरिएको छ।

यसअघि अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आउँदा पनि समायोजन नगरेको भन्दै निगमको आलोचना हुने गरेको थियो। निगमले एक पटकमा रु. २ का दरले मूल्य समायोजन गर्ने गथ्र्यो। कोरोनाभाइरस संक्रमणका कारण विश्वभर तेल खपत कम हुँदा अन्तराष्ट्रिय बजारमा मूल्यमा भारी गिरावट आएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २० डलरको आसपास छ। यो मूल्य १८ वर्ष यताको सबैभन्दा सस्तो हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*