मकवानपुरको थाहा नगरमा घरघर पुगेर स्वास्थ्य सेवा

जनपत्र
१९ चैत्र २०७६, बुधबार १५:४६

हेटौंडा — लकडाउनको समयमा मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाका चिकित्सकहरु घरघर गएर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । फागुन १५ यता विदेशबाट आएकाहरुको पनि सेल्फ क्वारेटाइनमा राखेर चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

थाहा नगरपालिका भित्रका ९ वटा स्वास्थ्य संस्थाहरुले नियमित रुपमा संस्थाबाट नै स्वास्थ्य सेवा दिइरहेका छन्। स्वास्थ्य संस्थामा आउन नसक्ने बिरामीहरुलाई चिकित्सकको टोली घरमा नै पुगेर स्वास्थ्य सेवा दिने गरेको मेयर लवशेर विष्टले बताए। ‘त्यस्ता बिरामीलाई औषधि पनि निशुल्क रुपमा दिने गरेका छौं।’ उनले भने।

उक्त नपाका स्वास्थ्य संस्थाहरुले मंगलबार एक सय ९८ जनालाई स्वास्थ्य सेवा दिएका थिए। ११ जना बिरामीलाई घरमा नै पुगेर चिकित्सकले सेवा दिए। विभिन्न काम विदेश गएका फागुन १५ गते पछि गाउँ आएकाको संख्या ७९ जना रहेका छन्। उनीहरु सेल्फ क्वारेन्टाइनमा छन्। थाहा नगरपालिकाले २५ बेडको क्वारेन्टाइन तयार पारिसकेको छ। थाहा नगरपालिकालाई पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले ७२ हजार मूल्य बराबरको ६ सय बोतल स्यानीटाइजर सहयोग गरेको छ। इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*