मकवानपुरको सहकारीद्वारा स्यानीटाइजर उत्पादन

जनपत्र
१९ चैत्र २०७६, बुधबार १५:४२

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटले स्यानिटाइजर उत्पादन गर्न थालेको छ। सहकारी संस्थाले विगत एक सातादेखि सहकारी संस्थाको भवनमै स्यानीटाइजर उत्पादन गर्न थालेका हुन्।

स्यानीटाइजर उत्पादनका लागि उक्त सहकारीले ७ जनालाई काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनको सहयोगमा नार्कमा तालिममा पठाएको थियो। तालिमबाट फर्केपछि उनीहरुलाई नै परिचालन गरेर स्यानीटाइजर उत्पादन थालेको सहकारीका कोषाध्यक्ष सानुकाजी गोपालीले जानकारी दिए। सहकारीले २ हजार ५ सय लिटर स्यानिटारजर उत्पादन गरेर बिक्री गरिसकेको सचिव गोपालीले बताए।

बजारमा सहजै स्यानीटाइजर उपलब्ध नभइरहेको सन्दर्भमा सहकारीको उत्पादनले सहज भएको स्थानीयले बताएका छन्। सहकारीले उत्पादन गरेको स्यानीटाइजर सय एमएलको १ सय २० रुपैयामा बिक्री गर्ने गरेका छन्। अरु कम्पनीका स्यानीटाइजर बजारमा अभाव छ।
सहकारीको उत्पादन पछि स्थानीयले स्यानीटाइजर सहज र सुपथ मूल्यमा पाएको सहकारीका अध्यक्ष पुरुषोत्तम कार्कीले बताए। स्यानीटाइजरका लागि आवश्यक कच्चा पदार्थ वीरगन्ज र काठमाडौंबाट ल्याउने गरेको छ। इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*