मकवानपुरमा खानी र खोलाको दोहन गर्ने सिमेन्ट र क्रसर उद्योगको संकटको वेलामा सहयोग खोइ ?

हेटौंडा । मकवानपुरका खानी र खोला दोहन गर्ने शिवम सिमेन्ट उद्योग, रिद्धि सिद्धी सिमेन्ट उद्योग र क्रसर उद्योगहरुले कोरोना भाइरसको संकटको समयमा पनि कुनै पनि सहयोग गरेका छैनन् । कोरोना भाइरसको संक्रमण वढ्न नदिन सरकारले लकडाउन गरेको नौ दिन भइसक्दा पनि स्वास्थ्य क्षेत्र, मजदुरका लागि र कोरोना उपचार कोषमा कुनैपनि सहयोग नगरेका हुन् ।
बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति मकवानपुर र जिल्लाका दश वटै स्थानीय तहमा दैविप्रकोपका लागि कोष खडा भएका छन् । तर, बषौंदेखि मकवानपुरका प्राकृतिक श्रोतको दोहन गर्ने सिमेन्ट उद्योग र क्रसर उद्योगहरुले यो संकटको समयमा राहत र कोषमा कुनैपनि सहयोग गरेका छैनन् ।
बागमती प्रदेश र स्थानीय तहको कोषमा कुनैपनि सहयोग गरेनन्
प्रदेशको उपचार कोषमा शिवम सिमेन्ट उद्योग, रिद्धिसिद्धी सिमेन्ट उद्योग र क्रसर उद्योगहरुले कुनैपनि सहयोग नगरेको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुंगेलले वताउनुभयो । कोषमा शिद्धार्थ बैकले सहयोग गरेको छ । अरु वैक पनि सहयोग गर्न तयार भएको उहाँले वताउनुभयो । नेपाल वैकले पनि यस कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
हेटौंडाको हटियामा सञ्चालनमा रहेको शिवम सिमेन्ट उद्योगले मकवानपुर गढीको सुकौरा लगायतका क्षेत्रमा खानी सञ्चालन गरेर यहाँको प्राकृतिक श्रोतको बषौदेखि दोहन गर्दै आएको छ । खानी सञ्चालन गरेकै कारण मकवानपुर गढीको सुकौरा, आमभन्ज्याङ र गढीका धेरै परिवारको घर, बारी, खेत जोखिममा पार्दै आएको छ । मकवानपुरको प्राकृतिक श्रोतको दोहन गरेर वर्षमा अरवौ रुपैयाँ नाफा पनि कमाउँदै आएका छन् । तर, राज्यमा विपत्ति परेको समयमा शिवमका मालिकहरु कहाँ छन् अत्तोपत्तो छैन ।
सरकारका विरुद्ध मुद्धा हाल्ने, तर, संकटमा सहयोग नगर्ने
नेपाल विधुत प्राधिकरणलाई विजुलीको पैसा तिर्नुपर्छ भनेर उल्टै मुद्धा हाल्ने, वन क्षेत्रमा अतिक्रमण गरेर उल्टै सरकारका विरुद्ध मुद्धा हाल्दै आएका सिवमका मालिकबाट कोरोनाको संकटका वेलामा सहयोग नभएका मकवानपुरका स्थानीय सरकारका जनप्रतिनिधिहरुले वताएका छन् । तर शिवम सिमेन्ट उद्योगका निर्देशक रघुनन्दन मारुले लकडाउनका कारण बाहिर निस्कनै नपाएको वताउनुभयो ।
तीनै तहका सरकारले आवस्यक परेमा आफु सहयोग गर्न तयार रहेको वताउनुभयो । अहिलेको समयमा घरबाट निस्कन नसकेका कारण पनि सहयोग गर्न अप्ठेरो परेको उहाँले वताउनुभयो । कुनैपनि खालका समस्या परेमा सहयोग गरिने उहाँको भनाई छ ।
यसैगरी हेटौंडाको चुरीयामाइमा सञ्चालनमा रहेको रिद्धी सिद्धी सिमेन्ट उद्योगले पनि कोरोना भाइरसको संकटको वेलामा सरकारले सञ्चालन गरेको उपचार कोष र स्थानीय सरकारलाई कुनै सहयोग गरेका छैन । यस उद्योगले भैसेखानीबाट प्राकृतिक श्रोतको दोहन गरेर चुनढुङ्गा ल्याउँदै आएको छ । तर, संकटको समयमा कुनैपनि सहयोग गरेको छैन । मकवानपुरमा तीन दर्जन भन्दा वडी क्रसर उद्योगहरु वषौदेखि अवैध रुपमा सञ्चालन हुँदै आएका छन् ।
हरेक वर्ष खोलाको दोहन गरेर ढुङ्गा, गिट्टी वालुवा विक्री गर्दै आएका क्रसर उद्योग पनि यो संकटको समयमा मौन छन् । धन नभएपनि मन भएकाहरु भने खाना नपुग्नेलाई खाद्यान्नका सामान, खाना खुवाउने, खाजा खुवाउने काम गर्दै आएका छन् । तर, मकवानपुरका श्रोतसाधनको दोहन गर्नेहरु भने यो कोरोना भाइरसको संकटको समयमा कुनैपनि सहयोग गरेका छैनन् ।
पहुँच, पाओर र सक्तिमा भएकालाई सहयोग गर्ने, ज्यालादारी मजदुरलाई सहयोग नगर्ने
हटिायाको सिवम सिमेन्ट उद्योग, रिद्धिसीद्धी सिमेन्ट उद्योग र क्रसर उद्योगहरुले मकवानपुरमा पद, पहुँच, पाओर र सक्तिमा भएकालाई सहयोग गर्ने, ज्यालादारी मजदुरलाई सहयोग गरेको देखिएन ।
कोरोना मभाइरसको त्रास वढेपछी लकडाउनको समयमा सवैभन्दा बढी मारमा दैनिक ज्यालादारी मजदुर परेका छन् । तर, उनीहरुका लागि सहयोग गर्नका लागि यी उद्योगका हात अगाडी सरेनन् । सक्तिमा भएकाहरुलाई भन्ने वित्तिकै जुनसुकै व्यक्तिगत सहयोग गर्दै आएका छन् । तर, संकटमा कुनैपनि सहयोग नदेखाएको मजदुरको गुनासो छ ।