सिन्धुपाल्चोकमा निर्माण भएको क्वारेन्टाइनको मन्त्री अरुण नेपालद्वारा निरीक्षण

जनपत्र
१८ चैत्र २०७६, मंगलवार २०:२६

हेटौंडा । बागमती प्देशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका ७, मा रहेको ग्रामिण महिला सिर्जनशिल परिवारको भवनमा क्वानेन्टाइनको निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा यसक्षेत्रमा कोरोनाका कारण समस्या परेकाहरुलाई बागमती प्रदेश सरकारले सहयोग गर्ने वताउनुभयो । निर्माण गरिएको क्वारेन्टाइनलाई थप व्यवस्थित ढगले सञ्चालन गर्न निर्देशन समेत दिनुभयो ।

निरीक्षणपछी क्वान्टेन्टाइन निर्माण सम्वन्धी वैठकमा बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमफून्जो शेर्पाको अध्यक्षता तथा मन्त्री अरुण प्रसाद नेपालको विशेष उपस्थितीमा बैठक वसेको हो । वैठकमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक कृष्णगोपाल तामाङ, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल, त्रीपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठ, सुरक्षा निकायका प्रतिनिधिहरु, स्वास्थ्य क्षेत्रका प्रतिनिधि र पत्रकार महासंघ सिन्धुपाल्चोकको प्रतिनिधि लगायतकाको सहभागितामा वैठक वसेको हो ।

यहाँ एटेज वाथरुम सहितको क्वारेन्टाइन रुमको व्यवस्थापनको काम सम्पन्न भैसकेको हो । बैठकले लिसंखुपाखर गाउँपालिकाका प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालको अध्यक्षतामा ३ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । त्यसैगरी स्वास्थ्यकर्मी व्यवस्थापन समिति निर्माण गरिएको छ । क्वारेन्टाइनमा रहनेहरुका लागी खाद्यान्न, स्वास्थ्य, संचार लगायतका अत्यावस्यक सुविधाका लागि स्रोत व्यवस्थापन, सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरुको परिचालन लगायतको विषयमा ठोस निर्णय गरिएको छ ।

तुरुन्तै सुचारु हुने क्वारेन्टाइनमा भोटेकोशी गाउँपालिकामा बाह्रबिसे नगरपालिका, त्रीपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाका क्वारेन्टाइनमा राख्नुपर्ने देखिएकाहरुलाइ व्यवस्थापन गरिने भएको छ । यसका लागि आर्थिक व्यवस्थापनका लागि स्थानिय तहहरुले निश्चित रकम कोषमा जम्मा गर्ने र त्यसैबाट खर्चको व्यवस्थापन गरिने भएको छ ।

निरीक्षणका क्रममा प्राथमिक स्वास्थ्य सेवा केन्द्र, बाह्रबिसे नगरपालिकाको क्वारेन्टाइन र आइसोलेसनमा राखिएकाहरुको अवस्थाबारे जानकारी बाह्रबिसे नगरपालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायतसंग लिनु भएको छ । यसैगरी मन्त्री नेपालले बलेफी गाउँपालिका ८, लामोसाँघुमा संचालन गर्न लागिएको २० वेड क्षमता भएको क्वारेन्टाइनको निरिक्षण गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*