हेटौंडाबाट थप दुईजनाको स्वाव परिक्षणका लागि काठमाण्डौ
हेटौंडा । हेटौंडा ४ कर्रामा रहेको श्रमिक माविको आइसोलेसन वार्डमाबाट थप दुईजनाको स्वाब परिक्षणका लागि नमुना संकलन गरेर काठमाण्डौं पठाइएको छ ।
हालसम्म आइसोलसन वार्डबाट पाँच वटा नमुना संकलन गरेर परिक्षणका लागि काठमाण्डौ पठाइएकोमा दुईवटा नमुनाको परिक्षणबाट नेगेटिभ देखिएको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले वताउनुभयो ।
तीन वटाको नतिजा आउन बाँकी रहेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । एक जनाको हिजोनै स्वाब पठायएको थियो । कर्राको आइसोलेसनमा हेटौंडा अस्पताल, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्यकर्मी खटिएका छन् ।






