हेटौंडा १७ मा खाध्यान्ह बितरण

जनपत्र
१८ चैत्र २०७६, मंगलवार १२:५५

हेटौंडा । कोरोनाका कारण सरकारले गरेको लक डाउनका कारण दैनिक रोजगारीबाट बिभुख भएका ६६ परिवारलाई नेकपा १७ नम्बर वडाले खाध्यान्ह बितरण गरेको छ ।

नेकपा बडा कमिटी र वडा कार्यालयको सक्रियतामा वडा भित्र कोठा भाडामा लिएर बसी दैनिक रोजगारीमा रहेका सिहत वडा भित्रका बिपन्न परिवारलाई दैनिक गुजाराका लागि सहयोग स्वरुप खाध्यान्ह उपलव्ध गराईएको हो ।

६६ परिवारलाई प्रती परिवार ३० केजी चामल, १ केजी दाल, १ पाकेट नुन र आधा लिटर तेल बितरण गरिएको १७ नम्बर वडा ईन्चार्ज शंकर राउतले बताए ।
खाध्यानह बितरणमा वडा अध्यक्ष भैरब बहादुर राई, नेकपा क्षेत्रिय ईन्चार्ज कमलकुमार बिष्ट, वडा अध्यक्ष लक्ष्मण खुलाल, रेडक्रस १७ नम्बरका सभापती कृष्णबहादुर सापकोटा सिहत वडाका युवाहरुको समुहले बिपतको समयमा सहयोग स्वरुप खाध्यान्ह बाडेका हुन् ।

राहत बाढिएका परिवार दैनिक रोजगारीमा जान नसक्दा समस्यामा परेको देखिएपछि उनिहरुलाई दैनिक गुजारामा अफ्ठेरो नहोस् भन्ने उद्देश्यले खाध्यान्ह बाढिएकोे १७ नम्बर वडा कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*