हेटौंडा खानेपानी बोर्डद्वारा कोरोना कोषमा सहयोग

जनपत्र
१८ चैत्र २०७६, मंगलवार १२:४०

हेटौंडा / बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हेटौंडा खानेपानी ब्वबस्थापन बोर्डले ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

बोर्ड र कर्मचारीको तर्फबाट सङ्कलित ३ लाख १९ रुपैयाँ सहयोग गरेको हो । मंगलबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकम हस्तान्तरण गरिएको हो।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाललगयतको टोलीले रकम हस्तान्तरण गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*