हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोनाबाट बच्न सामाग्री

जनपत्र
१८ चैत्र २०७६, मंगलवार १०:२३

हेटौंडा । हेटौंडा अस्पतालका लागि आज कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीहरुलाई बच्नका लागि सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत मार्फत विभीन्न सामाग्री हस्तान्तरण गरिएको हो । रोटरी क्लवअफ काठमाण्डौ र रोटरी क्लव अफ मकवानपुरले मेयर महत मार्फत सेफ्टी किट ४० थान, जुत्ता ३३ जोर, न्यानो झोला ९ थान तिरण गरिएको हो ।

अप्ठेरो समयमा पनि निरन्तर खटिने स्वाथ्यकर्मीलाई सामाग्री वितरण गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । अहिले विदेशबाट फकिएकाहरुमा कोरोना भाइरसको संक्रमण देखापरेकाले यसबाट वच्नका लागि मेयर महतले आग्रह गर्नुभयो । यो कठिन समयमा उपमहानगरपालिकाले सवैलाई सहयोग गर्न तयार रहेको उहाँले वताउनुभयो ।

लकडाउनको पूर्ण रुपमा पालना गर्नका लागि सवै नगरवासीमा उहाँको आग्रह छ । कार्यक्रममा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेल, अस्पतालका डाक्टर हरिबहादुर खड्का र रोटरी क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*