मकवानपुरको थाहा नगरपालिकामा कोरोनाको नाममा जथाभावी चन्दा संकलन नगर्न आग्रह
थाहा नगरपालिका क्षेत्रमा जथाभावी चन्दा संकलन नगर्न नगरपालिकाले सूचना जारी गरेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथाम नियन्त्रणको सहायताको नाममा गैरकानूनी ढंगले कुनै पनि संघ/संस्था/व्यक्तिले चन्दा संकलन नगर्न सूचनामा भनिएको छ ।
यसको नियन्त्रणको लागि नगरपालिकाले इलाका प्रहरी कार्यालय पालुङसंग समन्वय गरिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिका संयोजक विवेक विडारीले जानकारी दिए । यदि कसैले त्यस्तो गरेको थाहा पाए वा जानकारी आएमा नगरपालिकामा खबर गर्न पनि सचिवालयले अनुरोध गरेको छ ।
थाहानगर क्षेत्रको खाद्यन्न आवस्था दिनदिनै अद्यावधिक
थाहा नगरपालिकाले आफ्नो नगर क्षेत्रमा रहेको खाद्यन्न पसलहरुमा रहेको खाद्य मोज्दात अद्यावधिक गर्ने गरेको छ । वडा कार्यालय र वजार व्यवस्थापन समितिको समन्वयमा यस्तो कार्य गरिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिका सदस्य अनिल लामिछानेले बताए ।
दैनिक रुपमा भित्रने खाद्यन्न तथा पसलहरुको खाद्यन्नको अवस्थाको विवरण नगरपालिकाले संकलन गर्ने गरेको हो । त्यस्तै नगरपालिकाले दैनिक प्रतिवेदनमा समेत उक्त विवरण समेट्ने गरिएको छ । अहिले नगर क्षेत्रका खाद्यन्न पसलहरुमा २ हजार ६ सय ८९ बोरा चामल, चार हजार ४१९ किलो दाल, ३१४ बोरा नून, ५३१ कार्टुन तेल, ३७ बोरा आँटा, २६९ बोरा चिउरा, ९० बोरा चिनी मोज्दात रहेको नगरपालिकाको प्रतिवेदनमा उल्लेख छ । यो १७ चैतसम्मको अद्यावधिक विवरण हो ।
थाहानगरमा खाद्यन्न आपूर्तिमा सहजता
थाहा नगरपालिकाले प्रत्येक वडामा अत्यावश्यकीय खाद्यन्न आयातलाई सहजता बनाएको छ । नगरपालिकाले आफ्नो १२ वटै वडा समितिको संजोकत्वमा वडा भित्र रहेका खाद्यान्न तथा दैनिक उपभोगका सामाग्री आपुर्तिको सहजताको लागी वडाबाट नै लगत संकलन गर्न वडालाई परिपत्र गरेको छ ।
मौज्दात नगरपालिकामा पेश गरेपछि मात्र खाद्यन्न आपूर्तिकर्ताले सिफारिस पाउनेछन् । वडा कार्यालयहरुले खाद्यन्न पसल तथा मौज्दातको विवरण बजार व्यवस्थापन समितिहरुसंगको समन्वयमा संकलन गर्ने व्यवस्था मिलाइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाका सदस्य अनिल लामिछानेले बताए ।
थाहा नगरपालिका क्षेत्रमा खाद्यान्न तथा अन्य दैनिक उपभोगका सामाग्रीहरु ढुवानी गरिल्याउन १७ चैतमा २ वटा ट्रक÷जीपलाई सवारी पासको लागी सिफारिस गरेको सदस्य लामिछानेले बताए ।
खरिदबिक्रीमा भौतिक दुरी कायम राख्न थाहानगरको आग्रह
थाहा नगरपालिकाका पसलहरुमा अत्यावश्यकीय सामाग्री खरिदका लागि पुगेका ग्राहकरुले भौतिक दुरी कायम राखेर मात्र खरिद विक्री गर्नुपर्ने भएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको सचिवालय संयोजक विवेक विडारीले जानकारी दिए । यसको अनुमगन समेत हुने संयोजक विडारीको भनाइ छ । बिक्रेता र ग्राहकबीचको भौतिक दुरी कायम भए नभएको अनुगमन गर्ने अधिकार वडा समितिहरुलाई दिइएको सचिवालयको निर्णयमा उल्लेख छ ।
अलपत्र परेका ४० जनालाई थाहानगरले गन्तव्यसम्म पठायो
थाहा नगरपालिकाले नगर क्षेत्रमा रोजगारीको शिलशिलामा अन्यत्रबाट आई अलपत्र परेका ४० जनालाई उनीहरुको गन्तव्यसम्म पठाएको छ । थाहा नगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा इट्टाभट्टामा कार्यरत् २१ र आग्राका विभिन्न विद्यालय निर्माणमा काम गरिरहेका १८ जनालाई पर्सा तथा रुपन्देही सम्म पठाएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरसंगको समन्व्यमा उनीहरुलाई गन्तव्यसम्म पठाइएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।
त्यसैगरी काठमाण्डौंबाट हिँडेर हेटौंडा जानका लागि थाहामा आइपुगेका ७६ वर्षिय रामप्रसाद पौडेललाई पनि गन्तव्यसम्म पठाइएको छ । उनी चार दिन लगाएर काठमाण्डौंबाट थाहानगर आइपुगेका थिए । थाहा नगरपालिकाले रोजगार वा अन्य शिलशिलामा थाहा नगरमा आई अलपत्र परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरसंगको समन्वयमा घरसम्म पुग्नको लागि सिफारिस गर्दै आएको छ ।
थाहानगरमा रहेका गुजार चलाउन गाह्रो भएकाहरुको विवरण संकलन शुरु
थाहा नगरपालिकाले हालको लकडाउनको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्ति÷परिवारहरुको पहिचानका लागि विवरण संकलन शुरु भएको छ ।
यस्तो विवरण संकलनको लागि नगरका सबै वडा कार्यालयहरुलाई परिपत्र गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । गृह मन्त्रालयबाट स्थानीय तहहरुलाई परिपत्र भए बमोजिम गुजारा चलाउन नसक्ने व्यक्ती तथा परिवारहरुलाई राहत वितरणको लागि विवरण संकलन थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
विवरण संकलन पश्चात् अन्य कार्य गृह मन्त्रालयको निर्देशन अनुसार संचालन हुने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाले जनाएको छ ।
सहकारीबाट अत्यावश्यकीय सेवा प्रदान गर्न थाहानगरको निर्देशन
थाहा नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सबै सहकारी संस्थाहरुलाई अत्यावश्यकीय सेवाहरु प्रदान निर्देशन गरेको छ । सहकारी विभागले गरेको परिपत्र अनसारको सेवा प्रवाह गर्न नगरपालिकाले सहकारी संस्थाहरलाई निर्देशन गरेको हो ।
विभागले प्रभावकारी सेवा उपलब्ध गराउँदै सम्पूर्ण किसिमको खाताहरुको नियमित संचालन गर्न, सुरक्षात्मक विधिहरु अपनाउन, व्यवाशयिक सहकारुहिरुले स्यानीटाइजरलगायतको उत्पादन गर्न लगायतको कार्य गर्न परिपत्र गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाले जनाएको छ ।






