मृत्युु भएका सबै कोरोना संक्रमित हुँदैनन् : चिकित्सक

जनपत्र
१८ चैत्र २०७६, मंगलवार ०७:२६

अन्य रोगले मृत्यु भएकालाई कोरोना भाइरस संक्रमण ९कोभिड–१९० कै कारण मृत्यु भएको भन्दै अफवाह नफैल्याउन चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले जोसुकैको मृत्यु कोरोनाकै कारण भएको भन्दै अफवाह नफैल्याउन सुझाव दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा। खेम कार्कीले गाउँगाउँमा कोरोना फैलिएको भन्दै भ्रम सिर्जना नगर्न आग्रह गरे । उनले भने, ‘थुकको छिटाबाट पनि यो सर्छ । बरु सामाजिक दूरी कायम गरेर बस्नुस् तर गाउँगाउँमा फैलिसकेको छैन ।’
मृत्युु भएकामध्येको नमुना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै अन्य रोगका कारण मृत्यु भएकालाई कोरोनासँग नजोड्न आग्रह गरे । दुबईबाट नेपाल आएर बुटवलको कोरोना अस्पतालमा उपचार गराएका एक व्यक्तिको मृत्युलाई पनि कोरोनास्रँग जोडिएको थियो । तर, उनको रिपोर्ट कोरोना नेगेटिभ देखिएको थियो ।
डा। कार्कीले भने, ‘कोरोना संक्रमितहरू ८० प्रतिशतलाई सामान्य सुक्खा खोकी, ज्वरो, अन्य समयमा लागेको रुघाखोकीभन्दा कम खालको बिरामी हुन्छन् र १५ प्रतिशतलाई कडा खालको रुघाखोकी लाग्छ, पाँच प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ ।’
अहिले सर्वसाधारणलाई ‘कोरोना फोबिया’ भएको पाइएको छ । सामान्य रुघाखोकी लागेका र ज्वरो आएका बिरामीहरू पनि अत्तालिँदै अस्पताल पुग्ने गरेका छन् । चिकित्सकहरू भने सतर्क रहन आग्रह गर्दै नआत्तिन सुझाव दिन्छन् ।
सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले यो समय फ्लु भाइरस सक्रिय हुने समय रहेको बताए । उनले भने, ‘फ्लुको टेस्ट नगरेर कोरोना टेस्ट भइरहेको छ । फ्लुको कारणले पनि दीर्घ रोगीहरूलाई जटिलता ल्याई मृत्यु भएको पनि हुन सक्ने देखिन्छ ।’ उनले फ्लु र कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुने बताए ।
कोरोना संक्रमण भएका देशबाट आएका व्यक्तिहरूलाई सरकारले निगरानीमा राखेको छ । कोरोना संक्रमण प्रभावित देशबाट आएका नागरिकलाई सरकारले संवेदनशील हुन आग्रह गरेको छ ।
सरकारले विदेशबाट नेपाल आएका ४१ हजार १ सय ४ जना व्यक्तिको विवरण संकलन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएका र प्रभावति देशबाट आएका उनीहरूको विवरण संकलन गरेर निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। देवकोटाले भने, ‘बाहिरबाट आउनुभएका व्यक्तिहरूको ट्रेसिङ गरेर लिखित विवरण अद्यावधिक भइसकेको छ । नमुना परीक्षण गर्दा ट्रेसिङ गर्न सजिलो हुन्छ ।’ हालसम्म पाँच जनाको रिपोर्ट पोजेटिभ आएकामा एक जना निको भएर घर फर्किसकेका छन् । हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९ सय ९३ जनाको नमुना परीक्षण भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयको कल सेन्टरमा १ हजार ३ सय कल आएका छन् । आइसोलेसनमा ९३ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पाटनमा मृत्यु भएका एक पुरुषको नमुना परीक्षण जारी छ । वीर अस्पतालमा दुई जनाको मृत्यु भएका दुवै जनाको नमुना परीक्षण भएको तर रिपोर्ट नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक जना ज्वरोसहित उच्च रक्तचापको समस्या रहेका र अर्का एक जनामा पनि ज्वरो देखिएको थियो ।
सबै प्रदेशमा १ हजार सेटका दरले पीपीई र १० हजार सेट मास्क, २० हजार गगल्स पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रयोगशालामा नमुनाको दायरा फराकिलो बनाइएको प्रवक्ता डा। देवकोटाले जानकारी दिए । उनले भने, ‘धरानमा १९ वटा नमुना परीक्षण भइसकेको छ । नमुना परीक्षण सम्वन्धमा पाँच वटा मेसिन र रिएजेन्ट आइसकेको छ । हाललाई धनगढी, सुर्खेत, बुटवल र जनकपुरमा विस्तार गर्ने योजना बनाएका छौं ।’ उनले रिएजेन्टको टेम्पेचर मेन्टर गर्ने भएकाले केही ढिलो भएको बताए ।राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*