कोरोना भाइरस संक्रमित चारै जनाको स्वास्थ्यमा सुधार

देशभित्र भेटिएका कोरोना भाइरसका संक्रमितमध्ये हाल चारजना उपचाररत छन् । दुईजना उपत्यकाभित्र र दुईजना बाहिर उपचार गराइरहेका हुन् । चारै जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका दुईजना सामान्य अवस्थामा पुग्दैछन् । दुवैलाई ज्वरो नभएको र सामान्य खोकी पनि निकै कम भइसकेको बुझिएको छ । दोस्रो संक्रमित फ्रान्सबाट आएकी किशोरीलाई पूर्ण स्वस्थ हुने अपेक्षासहित अर्को हप्ताभित्र डिस्चार्ज गर्ने सम्भावना भएको टेकु अस्पताल स्रोतले जानकारी दिएको छ । अर्का उपचाररत युवक पनि अर्को हप्ताभित्र नै डिस्चार्ज हुनसक्छन्, विश्वस्त स्रोतले भन्यो ।
यसैगरी धनगढीमा उपचार गराइरहेका युवक पनि सामान्य हुँदै गएका छन् । युवकले पनि आफू सामान्य हुँदै गएको बताएका छन् । उनलाई ज्वरो नभएको र खोकी पनि नरहेको बताएका छन् ।