हेटौंडा उपमहानगरपालिकाले कोरोनाको विपदमा एक करोड खर्चदै

जनपत्र
१८ चैत्र २०७६, मंगलवार ०६:५२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरसको विपदको समयमा तत्काल एक करोड रुपैयाँ सम्म खर्च गर्न सक्ने भएको छ । उपमहानगरपालिकाको विपद् कोषमा रहेको रकम र चालु आर्थिक वर्षमा विपद्का लागि छुट्याएको ७५ लाख रुपैयाँ समेत गरेर एक रकोड सम्म खर्च गर्न सक्ने भएको हो ।

चालु आर्थिक वर्षका लागि विपद कोषमा जम्मा गर्ने रकम मध्य ७५ लाख र कोषमा रहेको रकम समेत गरेर एक करोड रुपैयाँ सम्म रुपैयाँ खर्च गर्न सकिने उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

उपमहानगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यावस्थापन गर्न वनेको ऐन २०७५ अन्तरगत गठन गरेको विपद् व्यावस्थापन कोषमा जम्मा गरिएको रकम पनि कोरोना भाइरस संक्रमितको उपचार गर्न र आवस्यक खर्च गर्ने भएको छ । कुनैपनि विपद पर्दाका लागि जम्मा गरिएको र चालु आर्थिक वर्षमा छुट्याएको ७५ लाख रुपैयाँ भन्दा पनि वडी आवस्यक्ताका आधारमा खर्च गरिने मेयर महतले वताउनुभयो ।

यही कोषमा प्रदेश सरकारले दिने भनेको १५ लाख रुपैयाँ र संघीय सरकारले रकम उपलब्ध गराएमा जम्मा गर्ने र खर्च गर्ने तयारी थालेको छ । जुनसुकै विपदका लागि भनेर अगाडीनै तयारी स्वरुप राखिएको रकममा खर्च गर्दै पनि आएको वताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*