हेटौंडामा विदेशबाट फर्कीएका १४७ जना पहिचान

जनपत्र
१८ चैत्र २०७६, मंगलवार ०६:५१

हेटौंडा । हेटौंडामा विदेशबाट फर्कीएकाहरु एक सय ४७ जना फेला परेका छन् । कामको शिलसिलामा विभीन्न देशमा कार्यत हेटौंडाका एक सय ४७ जना सम्पर्कमा आएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

कोरोना भाइरसका संक्रमित विश्वव्यापी रुपमा बृद्धी भएपछी हेटौंडा आफ्ना घरमा फर्किएकाहरु एक सय ४७ जना पुगेको र अरुको पनि वडा कार्यालय र स्वाथ्यकर्मी मार्फत खोजी कार्य भइरहेको मेयर महतले वताउनुभयो ।

विदेशबाट आएकाहरुलाई खोजी गर्दै धेरैजसोलाई सेल्फ क्वारेन्टाइनमा वस्नका लागि उपमहानगरपालिकाका स्वास्थ्यकर्मी मार्फत सम्झाउने काम भएको छ । केहीलाई भने हेटौंडा एकेडेमीको क्वारेन्टाइनमा राखिएको र सवै व्यावस्था गरिएको उहाँले वताउनुभयो ।

विदेशबाट फर्कनेहरुको हेटौंडाका १९ वटै वडामा वडा अध्यक्ष, वडा सदस्य, कडाका कर्मचारी मार्फत खोजी गर्ने सचेतना जगाउने र घरबाट ननिस्कनका लागि घरघरमै गएर सम्झाउने, वडा वडामा माइकिङ गर्ने काम समेत भएको मेयर महतले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*