कोरोना आईशुलेसन वार्ड हेटौँडाको लागि एम्बुलेन्स र शवबाहन

जनपत्र
१७ चैत्र २०७६, सोमबार १८:०१

हेटौँडा । नारायणी यातायात ब्यवसायी संघले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना उपचारको लागि अत्यावश्यक परेको भन्दै हेटौँडा अस्पतालाई एकथान एम्बुलेन्स तथा एकथान शवबाहन कोरोना संक्रमण अवधिको लागि दिएको छ ।

एम्बुलेन्स अभावको कारण बिरमी ल्याउन समस्या भएको भन्दै खबरब्रेक डटकमले समाचार प्रकाशित गरेपछि आफुहरुको ध्यानाकर्ष भएको र संघमा रहेको एम्बुलेन्स र संक्रमण अवधिको प्रयोग गर्न अस्पताललाई दिएको नारायणी यातायात ब्यवसायी संघका महासचिव सरोज खनालले बताए ।

एम्बुलेन्स र शवबाहनको चावि लिएपछि हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले अत्यावश्यक समयमा संघको यो सहयोग निकै ठुलो रहेको बताए । उनले यस्तो संकटको अवस्थामा सबैको सहयोगको अपेक्षा ब्यक्त गरे ।

एम्बुलेन्स नहुँदा आईशुलेसन तथा क्वारेन्टाईनमा विरामी लान समस्या भएको समयमा संघको सहयोग महत्वपूर्ण रहेको उनले बताए ।
एम्बुलेन्सको चाबि बुझेपछि हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रविणकुमार श्रेष्ठले चालकहरुलाई पीपीई हतान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*