हेटौंडाका सडकमा आज पनि ‘डिस–इन्फेक्टेन्ट’ छर्कियो

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन हेटौंडाका चोक चोक र सडक सडकमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किने काम आज पनि जारी रहेको छ । हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलन नदिन मुख्य वजार क्षेत्रमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन हिजोबाट सुरु गरिएको छ ।
आज विहानैबाट हेटौंडाको नगरपालिका रोड, मकवानपुर क्याम्पस वरपर, सिंचाइटोलको क्षेत्र, सानोपोखरा चोक, यसआसपासका क्षेत्र, कान्तिलोकपथ, राईटोल, चाइनाक्वारटर, थानाभ¥याङ लगायतका क्षेत्रमा चौकिटोल लोकप्रिय होटल देखि मेनरोडको मकवानपुर उद्योग बाणिज्यसंघ, पिपलवोट, बुद्धचोक, रापतीरोड, सिमाचोक, कान्तिलोकपथ, स्कुलरोड लगायतका क्षत्रेमा जिवाणुमुक्त बनाउन भन्दै ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको हो ।
हिजोबाट सुरु भएको यो अभियान निरन्तर रुपमा गरिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । यस काममा नगर प्रहरी, उपमहानगरपालिका वातावरण साखाका कर्मचारीहरु, सफाइ कर्मचारी लगायतकाको सहभागितामा वजारका चोक चोक, नाली, वरपरका रुखका विरुवामा ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको मेयर महतले वताउनुभयो ।
हेटौंडाका विभिन्न बस्तीमा आउजाउ गर्न सदरमुकाम क्षेत्र पुग्नुपर्ने भएकोले बजार क्षेत्रका ठाउँ ठाउँमा उक्त किटनाशक औषधि छर्किएको हेटौंडा उपमहानगरपालिकाका मेयर महतले वताउनुभयो । कर्मचारीलाई सक्रिय गराएर कोरोना विरुद्धको अभियानमा लागिएको उहाँले वताउनुभयो ।
मुखमा मास्क, हातमा पञ्जा लगाएर बजारमा ‘डिस–इन्फेक्टेन्ट’ औषधि छर्कने अभियानमा बातावरण साखाका कर्मचारी र नगरप्रहरी लागिपरेका छन् । कीटाणुनाशक औषधि डिसइन्फेक्टेन्ट बजारका घर, चौक, सटर र सम्भावित जोखिमका स्थानहरूमा छर्किएको उहाँले वताउनुभयो ।
धेरै कामदार ल्याएर भिडभाड गर्नुभन्दा पनि केही कर्मचारी मात्र यस अभियानमा खटाइएको थियो । नगरवासीलाइ घरभित्र बसेर गुन लगाइदिन आग्रह गर्दै मेयर महतले भन्नुभयो–‘विश्वव्यापी रुपमा फैलीएको कोरोनाको संक्रमणसंग लड्न हामी तयार छौ । यो अभियानमा हेटौंडावासीहरुले साथ दिनुपर्छ ।’ कोरोना भाइरस (कोभिड १९) सक्रमण सम्भावित जोखिमयूक्त स्थानहरू पहिचान गरेर कीटाणुनाशक औषधि छर्किने उपमहानगरपालिकाको अभियान छ ।