ग्यास र दैनिक उपभोग्य सामानको कालाबजारी हुन दिदैनौ–मन्त्री नेपाल

जनपत्र
१७ चैत्र २०७६, सोमबार ०९:००

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अतिआवस्यक र दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्तिका लागि काम गरिरहेको छ । आम उपभोक्ताले दैनिक प्रयोग गर्ने उपभोग्य सामाग्रीको काला वजारी हुन नदिनका लागि दिनहुँ अनुगमन समेत गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले विगत सात दिन देखि लकडाउन गरेपछी प्रदेशका १३ वटै जिल्लामा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिनका लागि काम भइरहेको बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । ग्यास र दैनिक उपभोग्य सामानको अभाव र कालावजारी हुन नदिने उहाँले वताउनुभयो । कालावजारी गरिएको पाइएमा कानून अनुसार कार्बाही गरिने उहाँले वताउनुभयो ।

प्रदेशभरीका कुनैपनि उपभोक्ताहरुलाई ग्यासको अभाव हुन नदिनका लागि उद्योगमा अनुगमन गर्ने, आम उपभोक्ताका समस्या अभिलेखीकरण गर्ने काम संगै ग्यासको वितरणमा समेत सहजीकरण गरिएको मन्त्री नेपालले वताउनुभयो । आपत र संकटको समयमा आम नागरिकलाई कुनैपनि खालका समस्या हुन नदिनका लागि आफुहरु लागिपरेको उहाँले वताउनुभयो ।

यो लकडाउनको समयमा पनि मन्त्रालय दिनहुँ खुलीरहेको छ । मन्त्रालयमा खाद्यान्न, ग्यास, औषधी लगाएतका सामाग्रीमा परेका समस्या उपभोक्ताले गुनासो गर्ने गरेका छन् । समस्या आउने वित्तिकै यसको सहजीकरण गर्ने गरिएको वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा ग्यासको अभाव भएको जानकारी पाउने वित्तिकै यसको सहजीकरण गरिएको छ । तत्काल दुवै जिल्लामा ग्यास समेत वितरण गरेका छा्रै । अझै पनि कुनै पनि जिल्लामा उपभोक्तालाई परेका समस्या समाधान गर्न मन्त्रालय तयार रहेको छ ।’

मन्त्रालय मातहत १३ वटै जिल्लामा रहेका घरेलु कार्यालयहरुले दैनिक रुपमा खाद्यान्न, ग्यास, औषधिको मौजदात मन्त्रालयमा पठाउने र मन्त्रालयले उपभोक्तालाई परेका समस्या समाधान गर्नका लागि कर्मचारीहरु हाइअलर्टमा राखिएको उहाँले वताउनुभयो । दैनिक ज्यालादारी गर्ने मजदुरलाई खानका लागि परेका समस्या समाधान गर्न बागमती प्रदेश सरकारले स्थानीय सरकारलाई रकम पठाउन लागेको छ । दैनिक ज्यालादारी गर्ने मजदुरको नाम ठेगाना वडा कार्यालय मार्फत संकलन गर्ने र वितरण गर्नका लागि स्थानीय सरकारलाई रकम पठाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*