मङ्गलबार बेलुकीदेखि देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना

जनपत्र
१७ चैत्र २०७६, सोमबार ०८:२३

मङ्गलबार बेलुकीदेखि देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायुको प्रभावले साेमबार पहाडी क्षेत्रको मौसम बादल लाग्दै खुले पनि मङ्गलबार बेलुकीदेखि भने केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुने उहाँको अनुमान छ । तर ठूलो पानी वा भारी हिमपातको सम्भावना भने कतै पनि नरहेको उहाँको भनाइ छ । प्रिमनसुन अर्थात् मनसुन अघिको अवस्था रहेकाले नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्ने मौसमविद् पोख्रेलले बताउनुभयो । साेमबार दिउँसो भने पहाडी तथा पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । अन्य  ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*