दैलेखका दुई शंकास्पदको रिपोर्ट नेगेटिभ

जनपत्र
१७ चैत्र २०७६, सोमबार ०८:१२

नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमण भएको आशंकामा दैलेखको राकमकर्णाली स्वास्थ्य चौकीको आइसोलेसनमा भर्ना गरिएका दुई जना बिरामीको रिर्पोट नेगेटिभ आएको छ । एकै घरका दुई दाजुभाइलाई ज्वरो र रुघाखोकी देखिएपछि गत बुधवार आठबीस नगरपालिका–४ स्थित राकमकर्णाली स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो ।
शुक्रबार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय दैलेखको ल्याबको टोली राकमकर्णाली स्वास्थ्य चौकीमै पुगेर उनीहरुको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

आइतबार आएको रिपोर्टमा दुवैको कोभिड–१९ भाइरस संक्रमण नभएको पुष्टि भएको आठबीस नगरपालिकाका स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सेनाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*