हेटौंडा वजार क्षेत्रमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु

हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन मुख्य वजार क्षेत्रमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु गरिएको छ ।
जनपत्र
१६ चैत्र २०७६, आईतवार ११:११

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलन नदिन मुख्य वजार क्षेत्रमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु गरिएको छ । आज विहानैबाट हेटौंडाको चौकिटोल लोकप्रिय होटल देखि मेनरोडको मकवानपुर उद्योग बाणिज्यसंघ, पिपलवोट, बुद्धचोक, रापतीरोड, सिमाचोक, कान्तिलोकपथ, स्कुलरोड लगायतका क्षत्रेमा जिवाणुमुक्त बनाउन भन्दै ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको हो ।

उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको नेतृत्वमा नगर प्रहरी, उपमहानगरपालिका वातावरण साखाका कर्मचारीहरु, सफाइ कर्मचारी लगायतकाको सहभागितामा वजारका चोक चोक, नाली, वरपरका रुखका विरुवामा ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको हो । यो अभियान निरन्तर गरिने र आजबाट सुरु गरिएको उपमेयर लामाले वताउनुभयो ।

हेटौंडाका विभिन्न बस्तीमा आउजाउ गर्न सदरमुकाम क्षेत्र पुग्नुपर्ने भएकोले बजार क्षेत्रका ठाउँ ठाउँमा उक्त किटनाशक औषधि छर्किएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । कर्मचारीलाई सक्रिय गराएर कोरोना विरुद्धको अभियानमा लागिएको उहाँले वताउनुभयो ।

मुखमा मास्क, हातमा पञ्जा लगाएर बजारमा ‘डिस–इन्फेक्टेन्ट’ औषधि छर्कने अभियानमा बातावरण साखाका कर्मचारी र नगरप्रहरी लागिपरेका छन् । कीटाणुनाशक औषधि डिसइन्फेक्टेन्ट बजारका घर, चौक, सटर र सम्भावित जोखिमका स्थानहरूमा छर्किएको मेयर महतले वताउनुभयो ।

धेरै कामदार ल्याएर भिडभाड गर्नुभन्दा पनि केही कर्मचारी मात्र यस अभियानमा खटाइएको थियो । नगरवासीलाइ घरभित्र बसेर गुन लगाइदिन आग्रह गर्दै मेयर महतले भन्नुभयो–‘विश्वव्यापी रुपमा फैलीएको कोरोनाको संक्रमणसंग लड्न हाम ितयार छौ । यो अभियानमा हेटौंडावासीहरुले साथ दिनुपर्छ ।’ कोरोना भाइरस (कोभिड१९) सक्रमण सम्भावित जोखिमयूक्त स्थानहरू पहिचान गरेर कीटाणुनाशक औषधि छर्किने उपमहानगरपालिकाको अभियान छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*