हेटौंडाको पदमपोखरीमा तीन राउन्ड गोली चल्यो, एक जना पक्राउ

जनपत्र
१६ चैत्र २०७६, आईतवार ०५:५५

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ पदमपोखरीमा गएराती गोलि चलेको छ। दुईवटा टोलको युवाहरुको समुहको विवादका कारण चुधाजुध भएपछी प्रहरीले त्यसलाई छुट्याउन तीन राउन्ड हवाइ फायर गरेको हो ।

मध्यराती झगडाले उग्ररुप लिएपछी त्यसलाई साम्य पार्नका लागि प्रहरीले हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो । झगडामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*