बागमती प्रदेशको उद्योग मन्त्रालयद्वारा ग्यास उद्योग र वजार अनुगमन

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज हेटौंडाका ग्यास उद्योग देखि वजार क्षेत्रको अनुगमन गरेको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेको समयमा प्रदेश राजधानीमा कालावजारी हुन नदिनका लागि वजार अनुगमन गरिएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज हेटौंडाको वसामाडीमा रहेको सहारा ग्यास उद्योग, हेटौंडा टिसिएनरोडमा रहेको तरकारी वजार र दुईवटा खाद्यान्न पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा हेटौंडाको वसामाडीमा रहेको साहारा ग्यास उद्योगमा पाँच बुलेट ग्यास स्टक रहेको पाइएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालका निजी सचिव नवराज पुणासैनीले वताउनुभयो ।
साहारा ग्यास उद्योगले भारतबाट पाँच वुलेट ग्यास ल्याएपनि खाली रहेका सिलीण्डरमा ग्यास भरेको छैन । अव आधार सिलीण्डर मात्र ग्यास भर्नुपर्ने छ । आधा सिलीण्डरका दरले पाँच वुलेट ग्यासबाट १२ हजार सिलीण्डर ग्यास भरिन्छ । यसले गर्दा बजारमा ग्यासको कुनैपनि हाहाकार नहुने पुणासैनीले वताउनुभयो ।
अव भोलीबाट सिलीण्डरमा ग्यास भर्ने काम सुरु गरिने उद्योगका कर्मचारी वताउँछन् । हेटोंडाको टिसीएनरोडमा रहेको तरकारी वजारको अनुगमनका क्रममा गोलभेडाको मुल्य चार दिन अगाडीको तुलनामा दोव्वर वृद्धी गरेको पाइएको छ । अरु तरकारीको मुल्य भने खासै बृद्धी नभएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले हेटौंडाका दुईवटा खाद्यान्न पसलमा पनि अनुगमन गरिएको छ ।
यसैगरी मन्त्रालयकै पहलमा आज सिन्धुली जिल्लामा १२ सय सिलीण्डर ग्यास उपलव्ध गराइएको छ ।