हेटौंडाको कर्रामा आइसोलेसन तयार

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा आइसोलेसन तयार भएको छ । विद्यालयको नयाँ भवनमा आइसोलेसन निर्माण गरिएको हो ।
आइसोलेसन निर्माणको सवै काम सकिएकाले अव कुनै विरामी देखापरिहालेमा राख्न सकिने भएको छ । विद्यालयका विभीन्न कोठामा ३० बेढको आईसोलेसन निर्माण गरिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।
यसमा ४ वेढको आइसीयु र दुईवटा भेन्टीलेटर समेत राखिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा विद्यालयमा आइसोलेसन निर्माण गरिएको हो ।
यसका लागि नेपाली सेना, ससस्त्र प्रहरी, उपमहानगरपालिकाका कर्मचारी, हेटौंडा अस्पताल सवै लागिपरेको प्रमुख डाक्टर श्रेष्ठले जानकारी दिनुभयो । श्रमिक माविको नयाँ भुकम्प प्रतिरोधि भवनलाई आइसोलेसनका रुपमा निर्माण गरिएको हो ।
आइसोलेसनमा काम गर्नका लागि स्वास्थ्यकर्मीहरु तयारी हालतमा राखिएको छ । अब कुनै विरामीमा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने संका लागेको थाहा पाइहालेमा यहाँ राख्ने व्यावस्था गरिएको डाक्टर श्रेष्ठले वताउनुभयो ।