धनगढीमा पनि भेटिए कोरोना संक्रमित

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
जनपत्र
१४ चैत्र २०७६, शुक्रबार १९:३५

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*