मकवानपुरमा लकडाउनः दिनभर घरमा, साझ सडकमा

हेटौंडा । मकवानपुरमा लकडाउन दिनभर पालना हुने भएपनि साँझपख भने त्यती कार्यान्वयन भएको छैन । दिनभर घरमा वसेका हेटौंडाका नागरिकहरु साँझपरेपछी अत्यावस्यक सामान तरकारी, फलफूल, खाद्यान्न लगायतका सामान खरिद गर्नका लागि एकैपटक वजार निस्कदा लकडाउनको त्यती कार्यान्वयन हुन समस्या भएको हो ।
हेटौंडा वजार क्षेत्र, खोपेगल्लीमा तरकारी खरिद गर्न, बसपार्क लगायतका क्षेत्रमा तरकारी खरिद गर्नका लागि, फलफूल खरिद गर्नका लागि हेटौंडावासी निस्कदा लकडाउनको उलंघन भएको हो ।
दिनभर घरमा वसेका मकवानपुरका नागरिक भने साँझ परेपछी घरबाहिर निस्कने गरेका छन् । दिउसो मकवानपुर प्रहरीले सडकमा हिड्ने र सवारी चलाउनेलाई नियन्त्रणमा लिने र साझ प्रहरीले अली खुकुलो गरेका कारण साँझपख लकडाउनको त्यती कार्यान्वयन भएको छैन ।
लकडाउनको कार्यान्वयन गराउनका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत आफै पनि ठाउँ ठाउँमा पुग्नु भएको छ । यसको पूर्ण कार्यान्वयन गराउनका लागि आफु लागिपरेको मेयर महतले वताउनुभयो । लकडाउनको पूर्ण रुपमा कार्यान्यन गर्नुपर्ने मेयर महतले वताउनुभयो । लकडाउनको कार्यान्वयन नगर्ने धेरैलाई कार्बाही कार्बाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठोरले जानकारी दिनुभयो ।