क्वारेन्टाइन बनाउन मकवानपुरको ओम रिसोर्टले दियो २८ कोठा

जनपत्र
१४ चैत्र २०७६, शुक्रबार ०६:५९

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकास्थित ओम अध्याय रिट्रिट रिसोर्टलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीहरुलाई राख्ने क्वारेन्टाइनको रुपमा प्रयोग गरिने भएको छ । क्वारेन्टाइन बनाउनका लागि रिसोर्ट सञ्चालकले २८ वटा कोठा थाहा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका छन् ।

रिसोर्टलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने सम्बन्धमा थाहा नगरपालिका र ओम अध्याय रिट्रिट रिसोर्टबीच बिहीबार सम्झौता भइसकेको छ । सम्झौता पत्रमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र रिसोर्ट सञ्चालक ललितसिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार क्वारेन्टाइनका लागि आवश्यक औषधिलगायतका स्वास्थ्य उपकरण, जनशक्ति, रिसोर्टमा रहनेहरुका लागि खाना, दैनिक सरसफाइ र सुरक्षा प्रवन्ध नगरपालिकाले नै व्यवस्था गर्ने छ ।

रिसोर्टले क्वारेन्टाइनका प्रत्येक कोठामा आवश्यकता अनुसार सिरक तथा ब्ल्यांकेटको व्यवस्था गरिदिने छ ।

कोरोना भाइरसको महामारीको बेला अट्याच बाथरुमसहितका २८ वटा कोटा निःशुल्क उपलब्ध गराउन पाउँदा आफूहरु खुसी रहेको रिसोर्ट सन्चालकले बताएका छन् । अनलाइन खवरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*