सन्तोष चौलागाईद्वारा कोरोना उपचार कोषमा १ महिनाको पारिश्रमिक सहयोग

जनपत्र
१३ चैत्र २०७६, बिहीबार १२:२४

मकवानपुर १३ चैत । जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाइले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार विशेष कोषमा एक महिनाको पारिश्रमिक सहयोग गर्ने जानकारी दिनुभएको छ ।

उहाँले जिल्ला युवा समितिको कार्यालय मकवानपुरबाट अध्यक्षको हैसियतले प्राप्त गर्ने एक महिनाको सुविधा वापतको रकम रु २० हजार उपचार विशेष कोषमा सहयोग गर्ने जानकारी दिनुभयो ।

साथै उहाँसहित देशैभरका सबै जिल्ला युवा समितिको कार्यालयका अध्यक्षहरुको तर्फबाट एकमुष्ट रकम ११ लाख ८० हजार उपचार विशेष कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

छोटो समयमा समन्वय गरी उपचार कोषमा सहयोग गर्न इच्छुक हुनुभएको भन्दै सम्पूर्ण जिल्ला युवा समितिका अध्यक्षहरुप्रति आभार व्यक्त गर्नुभयो । उहाँले समाजमा आइपर्ने विपत्तीको डटेर सामाना गर्न जिल्ला युवा समिति सदैव तयार रहेको समेत बताउनुभयो । तुखवरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*