हेटौंडामा ग्यास र दैनिक उपभोग्य सामानको काला वजारी हुन नदिन मन्त्रालय सक्रिय

दैनिक रुपमा उपभोक्तालाई ग्यास वितरण गरिदै । ग्यास पाउनु भएन मन्त्रालयका कर्मचारीलाई सिधै फोन गर्नुहोस ।
जनपत्र
१३ चैत्र २०७६, बिहीबार ०७:१८

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश अन्तरगतका सवै जिल्लामा कुनैपनि दैनिक उपभोग्य वस्तुको कालावजारी र कृतिम अभाव श्रृजना हुन नदिनका लागि सक्रिय भएर लागेको छ ।

मन्त्रालयका कर्मचारीहरु दिन रात नभनीकन आम उपभोक्ताका लागि विभीन्न कम्पनिका ग्यास, खाद्यान्नका सामानहरु आफै वसेर बिक्री वितरण गर्न थालेका छन् । कुनैपनि दैनिक उपभोग्य सामानको काला वजारी हुन नदिन लागिपरेको वताउँदै मन्त्री अरुण प्रसाद नेपालका निजी सचिव नवराज पुणासैनी भन्नुहुन्छ–‘हेटौंडामा ग्यास, दैनिक उपभोग्य सामानको अभाव हुन दिएका छैनौं । उपभोक्तालाई सहज रुपमा तिरण गर्ने व्यावस्था मिलाएका छौ ।’

कोरोना भाइरसको संक्रमण फैलने डरका कारण सरकारले लकडाउन गरेको समयमा आम उपभोक्तालाई ग्यास लगायत खाद्यान्नको अभाव हुन नदिन मन्त्रालयका कर्मचारीहरु लागिपरेका हुन् । दैनिक उपभोग्य सामान र ग्यास वित्री वितरण लगाएतका क्षेत्रमा कर्मचारी आफै सक्रिय भएर लागेको पुणासैनीले वताउनुभयो ।

मन्त्रालय अन्तरगतको घरेलु कार्यालयले प्रदेशका १३ वटै जिल्लामा हेल्प डेस्क स्थापना गरेको उहाँले वताउनुभयो । आजबाट खाद्यान्न, तरकारी लगायतका सामानको खुद्रा मुल्यसूचि समेत तयार गरेर उपभोक्तालाई जानकारी गराउने मन्धालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*