कतारबाट आएकी युवतीसंग नेपाल आएका मकवानपुरका दुबैजना प्रहरी सम्पर्कमा

जनपत्र
१३ चैत्र २०७६, बिहीबार ०६:११

हेटौँडा । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएका मकवानपुरका दुईजना ब्यक्ति प्रहरी सम्पर्कमा आएका छन् ।
कतारबाट आएको उक्त विमानमा भएको एकजना नेपाली विद्यार्थीलाई कोरोना भाईरस पोजेटिभ देखिएपछि उक्त विमानमा आएका सम्पूर्णको खोजि भएको थियो । सोहि क्रममा मकवानपुरका दुईजना ब्यक्तिपनि उक्त विमानमा थिए ।

नेपाल सरकारले सार्वजनिक गरेको ठेगानामा मकवानपुरको एकजना मात्र देखिएको भएपनि सिन्धुपाल्चोकबाट नागरिकता बनाएको तर हाल हेटौँडा वडा नंबर १२ स्थायी घर भएका एक र मकवानपुरगढी सुकौरा घर भएकी एक महिला गरि दुईजना मकवानपुरका रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले दिएको जानकारी अनुसार सुकौराकी विष्णु अधिकारी र हेटौँडा १२ का रामचन्द्र ढकाल प्रहरी सम्पर्कमा आईसकेका छन् । ढकाललाई हाल घरमानै सेल्फ क्वारोन्टाईनमा राखिएको जनाईएको छ भने अधिकारी काठमाण्डौँमानै रहेको प्रवक्ता पाठकले बताए । ढकाललाई सरकारको क्वारेन्टाईनमा राख्ने तयारी गरिएको समेत उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*