कोरोना परीक्षण गर्न राक्सिराङले प्रति बिरामी ५ हजार उपलब्ध गराउने

जनपत्र
१२ चैत्र २०७६, बुधबार १६:३२

हेटौंडा/मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका स्थानीयमा कोरोना भाइरस ९ कोभिड १९० को लक्षण देखिए त्यसको परीक्षण गर्नको लागि प्रति बिरामी ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकमबाट कोरोना परीक्षणको लागि आर्थिक सहयोगका साथै निशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउने निर्णय गरिएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

कोरोना संक्रमण हुन नदिन गाउँपालिका छिर्ने मनहरी खोलाको नाकामा कडाई गरिएको बताउँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले कोही स्थानीयलाइ्र्र कोरोनाका लक्षण देखिए आर्थिक सहयोगको साथै एम्बुलेन्ससमेत उपलब्ध गराइने निर्णय गरिएको जानकारी दिए । ‘हाम्रो गाउँपालिकामा निकै विकट र यहाँको आर्थिक विपन्नताको अवस्थालाईसमेत मध्येनजर गर्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । कोरोनाको लक्षण देखिए पनि आर्थिक अभावका कारण रोग लुकाएर बस्नुपर्ने अवस्था नआओस् भन्नका लागि हामीले तत्काल आर्थिक सहयोग गर्ने घोषणा गरेका हौं ।’ अध्यक्ष मल्लले भने ।

हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिकाले विगतदेखि नै विभिन्न रणनीतिहरु बनाई काम गरिरहेको छ । गाउँपालिकाले मनहरी खोला नाकामा तत्काल हेल्थ डेस्क स्थापना गर्ने र गाउँपालिका प्रवेशमा कडाई गर्ने, सवै स्वास्थ्य संस्थाहरुमा हेल्थ डेस्क स्थापना गर्ने, स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा सेवा प्रवाहमा परिचालन गर्ने निर्णय गरेको छ ।

साथै आवश्यक स्वास्थ्य सामग्रीहरु तत्काल खरिद गर्ने, स्वास्थ्यकर्मीहरुलाई उपचारमा आवश्यक पर्ने ड्रेस खरिद गर्ने, गाउँपालिका क्षेत्र भित्र क्वारेन्टाइन र आइसोलेशनको लागि उपयुक्त स्थान छनौट गरी आवश्यक व्यवस्था मिलाउने, गाउँपालिका क्षेत्रका जनतालाई १५ दिन सम्म सार्वजनिक स्थलहरुमा उपस्थित हुन, बिहे, भोजभतेर, गासा, छेवर, जात्रा, मेला, महोत्सव, हाटबजार आदि गर्न रोक लगाउने जस्ता निर्णय पनि गरेको छ ।

‘राक्सिराङ्ग गाउँपालिका यस क्षेत्रको जनताको स्वास्थ्य प्रति अत्यन्तै संवेदनशिल छ, तसर्थ कोभिड १९ ९कोरोना भाइरस० रोगको संक्रमण संग मिल्दोजुल्दो लक्षणहरु देखापरेमा तत्काल स्वास्थ्यकर्मीको परामर्श लिई सुरक्षित रहनुहुन अनुरोध गर्दछौं । अत्यन्त विपन्न र भोकमरीले ग्रसित चेपाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रको जनताको आर्थिक अवस्था मध्यनजर गर्दै गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवाका साथै परीक्षण गर्न जानुपरे आर्थिक सहयोग गर्नेसमेत निर्णय गरेको छ ।’

गाउँपालिकाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ।कोरोना भाइरस रोगको संक्रमणलाइ फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि गाउँपालिकाको विपद व्यवस्थापन कोषको खातामा ।पच्चीस लाख रुपैयाँ व्यवस्थापन गरिसकेको गाउँपालिका अध्यक्ष मल्लले बताए । गाउँपालिकाको एक्लो प्रयासबाट मात्र यस रोगको रोकथाम तथा नियन्त्रण असम्भव हुने भन्दै विपन्न चेपाङ समुदायको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाहरुले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा रकम सहयोग र्गसमेत विज्ञप्तिमार्फत आह्वान गरिएको छ । सहयोग गर्न इच्छुकले बैंक अफ काठमाडौँ लिमिटेडको राक्सिराङ्ग शाखाको विपद व्यवस्थापन खाता नम्बर ०१८७००००००७१५२४ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*