लकडाउन कार्यान्वयनमा कठोर वन्दै मकवानपुर प्रशासन, सडकमा निस्कीए पक्राउ गरिने

जनपत्र
१२ चैत्र २०७६, बुधबार ०८:०८

हेटौंडा । सरकारले कोरोना भाइरसबाट जोजिगनका लागि गरेको लकडाउन कार्यान्वयन गर्नका लागि मकवानपुर प्रशासन कठोर वन्दै गएको छ । अनावस्यक रुपमा लकडाउन उलंघन गरेमा सडकमा रहेका प्रहरीले कार्बाही गर्ने तयारी समेत गरिएको छ । अनावस्यक रुपमा सडकमा निस्कीए पक्राउ गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनुभयो ।

हिजो टाढा टाढाबाट गन्तव्यमा जानका लागि निस्कीएकाहरुलाइ केही खुकुलो गरिएपनि आज भने यसलाई थप कडाइ गरिएको उहाँले वताउनुभयो । अनावस्यक रुपमा घरबाट बाहिर निस्कने, सडकमा ओहोर दोहोर गर्ने, सवारीका साधन चलाउने गरेको पाइएमा पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएको उहाँले वताउनुभयो ।

घरबाहिर निस्कने र सवारीका साधन चलाएको पाइएमा कार्बाही गर्नका लागि जिल्लाभरका सवै प्रहरी युनिटहरुलाई निर्देशन गरिएको प्रजिअ नेपालले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*