बागमती प्रदेश प्रमुख सहितले कोरोनाका विरामी उपचार गर्न एक महिनाको तलव दिने

हेटौंडा । देशका सात वटै प्रदेश प्रमुखहरुले कोरोना भाइरसका विरामीको लागि उपचार गर्न सहयोग गर्ने हुनुभएको छ । कोरोना भाइरस लागेका विरामीको उपचारका लागि एक महिनाको तलव उपलब्ध गराउन लागिएको बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले वताउनुभयो ।
सातै प्रदेश प्रमुखले एक महिनाको तलव उपलब्ध गराउने हुनु भएको हो ।
कोरोना भाइरसको उपचार कोषमा जम्मा हुनेगरी यो रकम सहयोग गर्न लागिएको प्रदेश प्रमुख प्रसाईंले जानकारी दिनुभयो । विश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखा परेमा थप समस्या हुने भन्दै आफुहरुले सहयोग गर्न लागिएको वताउँदै प्रदेश प्रमुख प्रसाईले भन्नुभयो–‘नागरिकहरुलाई उपचार गर्न समस्या भइरहेको समयमा आफुहरुको पनि दायित्व भएकाले एक महिनाको पारिश्रमिक रकम सहयोग गर्न लागेका हौं ।’