मकवानपुरमा औषधिको अभाव हुन दिदैनौ–उपाध्यक्ष श्रेष्ठ

जनपत्र
१० चैत्र २०७६, सोमबार २१:५७

हेटौंडा । औषधी व्यवसायी संघ मकवानपुरका उपाध्यक्ष नारायण श्रेष्ठले हेटौंडामा औषधिको अभाव हुन नदिने वताउनु भएको छ । आज सांझ जनपत्रसंग कुराकानी गर्दै उहाँले आवस्यक औषधिको आपुर्तिका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने र त्यसको वितरणका लागि आफुहरु तयार रहेको वताउनुभयो ।

कुनैपनि औषधि व्यावसायीहरुले औषधि र मास्कको कालावजारी नगरेको र भएका औषधि सहज रुपमा व्यावस्था गरिएको वताउनुभयो । स्वास्थ्यसंस्था र औक्षधि व्यावसायीहरुलाई कोरोनाबाट जोगिनका लागि सरकारले तत्काल उचित व्यावस्था गर्नका लागि पनि उहाँले आग्रह गर्नुभएको छ ।

मकवानपुरमा औषधीको आपूर्ती सहज बनाएर जनतालाई विक्रि वितरणको व्यवस्था मिलाएको वताउँदै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘कोरोना लागिहालेमा वच्न र वचाउनका लागि चाहिने सामाग्रीको सरकारले व्सयावस्था गर्नुपर्ने हुन्छ ।’

मकवानपुरे जनतालाई औषधिको अभाव नहुने उहाँले वताउनुभयो । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसंगै त्रसित बन्नुभएका मकवानपुरे जनताले आवश्यक भन्दाबढी औषधी किन्ने, औषधी नपाइएलाकी भन्दै आत्तिने गरेको पाइएकोले यस विषयमा चिन्ता लिनु नपर्ने उहाँले बताउनुभयो ।

उहाँले औषधीमा नभई उपचार तथा स्वास्थ्य क्षेत्रसंग सम्बन्धीत सम्पूर्ण सेवा प्रवाह गर्न यस महामारीको घडीमा मेडिकल व्यवसायी संघै तल्लिन रहने बताउनुभयो । औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहालले आज सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुरे जनतालाई औषधिको अभाव नहुने जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*