भोलिबाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन ।
लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।