कोरोनाको त्रासः हेटौंडाका अधिकांश पसल वन्द

जनपत्र
१० चैत्र २०७६, सोमबार १५:१७

हेटौंडा । मकवानपुरको हेटौंडा बजार क्षेत्रमा रहेका अत्यावस्यक र खाद्यान्नका पसल भन्दा बाहेकका पसलहरु वन्द भएका छन् । विश्वव्यापी रुपमा रहेको कोरोना भाइरसको त्रासका कारण कपडा पसल, स्टेस्नरी, मोवाइल लगायतका पसलहरु औपचारिक रुपमा घोषणा गरेरै वन्द गरेका हुन् । मकवानपुरको पुस्तक ब्यवसायीहरुले आजबाट आफ्नो ब्यवसाय २१ गतेसम्मको लागि बन्द गर्ने भएका छन् ।
सोहि सन्र्दभमा मोवाईल एसोसियन अफ मकवानपुले मोवाईल पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।बागमती प्रदेशको राजधानी हेटौंडा सोमबार नेपाल बन्दको दिन झै देखिएको छ । बजारका पसलहरु बन्द रहेका छन् । अधिकांश होटलहरु बन्द भएका छन् । मानिसहरुको चहलपहल कम देखिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर १० बसपार्कमा रहेको एकिकृत कपडा ब्यापार बजारको रुपमा रहेको हंङ्कङ बजार पनि बन्द रहेको छ । हंङ्कङ बजार ब्यवस्थापन समितिले सूचना जारी गर्दै चैत्र १५ गतेसम्म बजार बन्द रहने जनाएको छ । यस्तै मकवानपुरको पुस्तक पसलहरु पनि आजबाट बन्द भएका छन् । पुस्तक ब्यवसायीहरुले आजबाट आफ्नो ब्यवसाय २१ गते सम्मको लागि बन्द गर्ने जनाएका छन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको कारण मकवानपुरको सरकारी कार्यालयहरु आईतबार बाटै बन्द भईसकेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, हेटौंडा उपमहानगरपालिका सहित भिड हुने कार्यलयहरु नापि, मालपोत सहितका सबै कार्यालयहरू बन्द भएका छन् ।

मकवानपुरमा रहेका सामाजिक संघ संस्थाहरु कोरोना भाइरसको बारेमा सचेतना कार्यक्रम सहित माक्स वितरण कार्यक्रमहरुमा सक्रिय रहेका छन् । छिमेकी देश चिनको वुहान बाट दखिएको कारोना भाइरसको संक्रमण हाल सम्म विश्वको १८० देशमा फैलिएको छ । कोरोनाको सक्रमणले विश्वभर १४ हजार मानिसहरुले ज्यान गुमाईसकेका छन् ।

नेपालमा समेत आजै एक जना विदेशी नागरिकलाई कोरोना भाइरसको संक्रमण देखाएको छ । सरकारले आईतबार देखि नै अन्तर्रा्ष्ट्रिय उडान बन्द गरिसकेको छ । आजबाट सरकारले देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले आजदेखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। सरकारले विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु स्थगित गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*