कोरोना त्रासः बुटवलमा ५ जनाको रिपोर्ट नेगेटिभ, तीन जनाको रिपोर्ट आउन बाँकी

जनपत्र
१० चैत्र २०७६, सोमबार ०७:०१

बुटवलको लुम्विनी प्रादेशिक अस्पतालबाट परीक्षणका लागि पठाइएका ५जना बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । अझै तीन जनाको रिपोर्ट आउन बाँकी छ । कोरोनाको त्रास फैलिरहेका बेला रुघाखोकी र उच्च ज्वरो आएपछि कोरोनाको आशंकामा उनीहरुको (याल परीक्षणको लागि काठमाडौंमा पठाइएको थियो ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएकामध्ये ५जनाको रिपोर्ट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले भर्ना भएका सबैको अवस्था सुधारउन्मुख रहेको र ५ जनाको रिपोर्ट नेगेटिभ आएको बताउँदै बाँकी ३ जनाको रिपोर्टको प्रतिक्षामा रहेको उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*