मकवानपुरमा नेपाली सेनाने ५० वेडको क्वारेन्टाइन वनाउँदै

जनपत्र
८ चैत्र २०७६, शनिबार ०८:५४

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकाको सामरी पुल नजिक नेपाली सेनाले ५० वेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले कोरोना भाइरसको संक्रमणबाट बेलैमा वच्नका लागि क्वारेनटाइन वनाउन लागिएको हो ।

यसको काम तत्काल थालिने भएको छ । हेटौंडाको सामरी पुल भन्दा माथीको सेनाले खेल्दै आएको चौरमा क्वारेन्टाइन निर्माण गर्न लागिएको पुरोनो गोरखगढका गणपति अनिल वुढाथोकीले जानकारी दिनुभयो ।

केही दिनमानै सक्नेगरी क्वारेन्टाइन निर्माण गर्न लागिएको उहाँले वताउनुभयो । मकवानपुरको भैसे व्यारेकका सेनाले कोरोनाबाट बेलैमा सावधानी अपनाउनका लागि उच्च सर्तकर्ता समेत अपनाएको छ । यसबाट बेलैमा बच्नका लागि सर्तक रहेको सेनाले जनाएको छ ।

बागमती प्रदेश सरकार र स्थानीय प्रशासनको निर्णय अनुसार हेल्थ डेस्क, विभीन्न स्थानमा गरिने चेकजाँचमा नेपाली सेनाले सहयोग गर्ने गणपति वुढाथोकीले वताउनुभयो । विश्वव्यापी रुपमा भएको महामारीमा सेनाले यसबाट आमनागरिकलाई सचेत पार्नका लागि लागिपरेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*