सस्तो मुल्यमा सामान दिन्छु भन्दै लाखौँ ठगी गर्ने प्रहरीको फन्दामा

नेपाली सेनामा कार्यरत हुँ भन्दै ठगी गर्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं। ८ बस्ने वर्ष ४६ को राज कुमार राउत इलाका प्रहरी कार्यालयले नेपाली सेना हुँ भन्दै ठगी गरेको आरोपमा काँकरभिट्टाबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले ‘म नेपाली सेना हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेको सामानहरु विक्री गर्नुछ, म सामान सस्तोमा दिन्छु’ भन्दै पसलेहरुलाई प्रलोभनमा पारी रकम ठगी गर्दै हिडेको सुचनाको आधारमा पक्राउ गरिएको बताए ।