विदेशमा रोकिएका नेपालीलाई क्‍वारेन्टाइनमा राखिने

जनपत्र
८ चैत्र २०७६, शनिबार ०६:२२

कोरोना भाइरस रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएपछि विदेशमा रोकिएका नेपालीलाई त्यहीँको क्‍वारेन्टाइनमा राखिने भएको छ। बैठकपछि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सरकारले गर्नुपर्ने तयारी र प्रधामन्त्रीको सम्बोधनमा परेका कतिपय विषयलाई स्पष्ट पार्ने काम भएको बताए।

मुलुकको हवाई सेवा रोकिएपछि यात्रामा रहने क्रममा कपितपय विमानस्थलमा रोकिएका नागरिकलाई सम्बन्धित मन्त्रालयले राजदूतावाससँग छलफल गरी त्यही देशमा सुरक्षित राखिने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए। उनीहरुलाई सुरक्षित ढङ्गले ल्याउने पहलबारे पनि बैठकमा कुरानकानी भएको उनले बताए। ुउनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्नुपर्छ भन्ने कुरा बैठकमा उठेको छु, उनले भने, ‘उक्त काम पनि कार्यदलले गर्नेछ।ु सार्वजनिक(निजी अस्पतालले कोरोना सङ्क्रमणको शङ्का लाग्नेबित्तिकै सम्भावित रोगी र स्वास्थ्य परीक्षण गर्न आउनेलाई जाँच नगर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको पनि उनले बताए। अर्थमन्त्री खतिवडाले परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण सरकारले उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।

‘दैनिक अत्यावश्यक वस्तुको सेवा सञ्चालन गर्ने र अन्य सार्वजनिक सेवालाई निरुत्साहित गर्नुपर्छ भनेर धेरै मान्छेको चहलपहल र जमघट हुने स्थिति रोक्नुपर्छ भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भएको छु, उनले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रधामन्त्रीबाट देशवासीलाई भएको सम्बोधन र निर्देशनलाई व्यावहारिक ढङ्गबाट कार्यान्वयन गर्नेबारे छलफल भएको बताए। उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उक्त समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कोभिड–१९ रोकथामका लागि सरकारले गर्नुपर्ने काम कार्यान्वयनको कार्यतालिकासहित अघि बढाउन मुख्य–सचिवको संयोजकत्वमा गठित कार्यदललाई निर्देशन दिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*