हेटौंडामा कौशीमा तरकारी खेती गर्न एक हप्ताको तालिम

जनपत्र
७ चैत्र २०७६, शुक्रबार ०८:१०

हेटौंडा । हेटौंडाका किसानलाई कौशीमा तरकारी खेती गर्नका लागि सिकाउने उदेस्यले एक हप्ता सम्मको तालिम दिइएको छ । बजार क्षेत्रमा तनरकारी खेती गर्नका लागि धेरैको जग्गा जमिन हुँदैन । भएका जग्गा सवै ओगटेर घर निर्माण गरिएको हुन्छ । कौशी र छलतको खाली जमिनमा तरकारी खेती गर्न सिकाउने उदेस्यले तालिम दिइएको हो ।

यही तालिम हेटौंडा ५ का स्थानीय वासिन्दाहरुलाई दिइएको छ । सात दिने कौशीमा तरकारी खेति तालिमको समापन गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले थोरै जग्गा नभएकाहरुलाई पनि कौसीमा तरकारी खेतीगर्न यो तालिम फलदायी भएको वताउनुभयो । तालिम लिने मात्र भन्दा पनि कौसीमा तरकारी खेती गरेर देखाउनका लागि मेयर महतले आग्रह गर्नुभयो । उपमहानगरपालिकाको सहयोगमा तालिम दिइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*