नेपाल आइडलबाट बाहिरिइन् मेघा श्रेष्ठ

जनपत्र
७ चैत्र २०७६, शुक्रबार ०६:२६

फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो हप्ता मेघा श्रेष्ठ बाहिरिएकी छिन् । केभिन ग्लान तामाङले सबैभन्दा धेरै भोट पाउँदा काठमाडौंकी मोघा प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् । उनी नेपाल आइडल सिजन ३ की एक मात्र गोल्डेन माइक होल्डर प्रतिस्पर्धी थिइन् । गत हप्ता मुस्कान रानाभाट बाहिरिएकी थिइन् ।

नेपाल आइडलमा केभिनसँगै प्रवीण बेडुवाल, नेसन पुन मगर, र सज्जा चौलागाईं प्रतिस्पर्धामा बाँकी छन् । यसैबीच, शुक्रबारको श्रृखंलामा उत्कृष्ट १० प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गर्दैछन् । वाइल्ड कार्डबाट उत्कृष्ठ एकले प्रतिस्पर्धामा पुनः प्रवेश पाउने छन् ।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् । नेपाल आइडल सिजन–३ का विजेताले नगद रु। ५० लाख प्राप्त गर्ने छन् । फष्ट रनर अपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख प्राप्त गर्नेछन् । उत्कृष्ठ तीन जनाले वल्र्ड टुरको अवसर पाउने नेपाल आइडलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*