रक्सीले मसाज गर्दा फाइदै फाइदा

जनपत्र
७ चैत्र २०७६, शुक्रबार ०६:२४

अनियन्त्रित अल्कोहल सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । रक्सीले मान्छेको जीवन बर्बाद बनाएको हामीले धेरै घटनाहरु सुनेका छौं । तर, यसको मसाजबाट पनि शरीरलाई विभिन्न फाइदा हुने अनुसन्धानहरुले स्पष्ट पारेको छ ।

यी हुन् अल्कोहल मसाजका फाइदाहरु:
१। शारीरिक रुपमा बल पर्ने काम गरेपछि मांशापेशीमा दुःखाईको अनुभूति हुन्छ । यस्तो अवस्थामा अल्कोहलको मसाजले दुःखाई कम हुन्छ । दुःखाई महसुस भएको भागमा मसाज गरेर करिब एक घन्टा त्यत्तिकै रहन दिनुपर्छ र पछि सफा पानीले धुनुपर्छ ।

२। छाला र नङमा आउने कुनै पनि प्रकारको फंगसको लागि पनि अल्कोहलको मसाज धेरै नै प्रभावकारी हुन्छ । यस्तो समस्यामा कपासले चोबेर सम्बन्धित ठाउँमा लगाउनुपर्छ र सुक्ने बेलासम्म यत्तिकै राखेपछि मात्र धुनुपर्छ ।

३। यसैगरी सामान्य चोट र घाउमा पनि अल्कोहल मसाज गर्दा ठिकै सञ्चो हुन्छ । अल्कोहललाई घाउ अथवा चोट लागेको स्थानमा लगाएमा एन्टिबायोटिकले झैं तत्काल असर गर्छ र छिट्टै निको बनाउन सक्छ ।

४। कपालमा अल्कोहलको मसाज लाभदायक हुन्छ । बियरको मसाजले कपाललाई मुलायम चम्किलो बनाउनको लागि गरिन्छ ।
५। जाडोमा न्यानोपनको लागि अल्कोहलको मसाज धेरै नै लाभदायक हुन्छ । अल्कोहलले मसाज गरेपछि एकै छिनमा न्यानो महसुस गर्न सक्नुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*