प्याब्सन मकवानपुरद्वारा विद्यालय बन्द गर्ने निर्णय

हेटौंडाः नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरले आफु मातहतमा रहेका सम्पुर्ण नीजि विद्यालयहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । प्याब्सन मकवानपुरको आज बसेको आकस्मिक बैठकले सरकारको निर्णयलाई समर्थन गर्दै विद्यालयको पठनपाठनसँगै विद्यालयहरुमा चलिरहेको अन्तिम परीक्षा पनि स्थगित भएको छ ।
सरकारले कोरोनाको संक्रमणबाट बच्नको लागि तथा सावधानी अपनाउन भन्दै देशभरका सबै विद्यालय, क्याम्पस बन्द गर्ने निर्णय अनुसार नै सम्पुर्ण नीजि विद्यालयहरु बन्द गरिएको प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहालले जानकारी दिनुभयो । यस्तै हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा पनि आज बैठक बसी भोली शुक्रबारबाट अध्ययन अध्यापन बन्द गर्ने निर्णय गरिएको विद्यालयका प्रिन्सिपल पुरन बहादुर जोशीले बताउनुभएको छ ।
यसैगरी आज बाट नै लागुहुने गरी मकवानपुरका सामुदायिक क्याम्पस तथा विद्यालयहरु बन्द भइसकेका छन् ।