हेटौंडाका वन प्रमुखले आँखा चिम्लीएको चुरे दोहन
हेटौंडा । डिभिजन वन कार्यालय मकवानपुरले हिजो आज कतै वन क्षेत्र वा चुरे क्षेत्रबाट मजदुरले वालुवा चालेको भेटाइहालेमा तत्काल हटाइ हाल्छ । मजदुरले चुरेमा चालेको वालुवा ट्याक्टरमा ओसार पसार गरेको देखेमा पक्राउ पनि गर्दै आएको छ । तराईलाई–काठमाण्डौ जोड्ने दु्रत मार्ग, कान्तिलोकपथ, हेटौंडाको वाइपास सडक होस या ग्रामिण क्षेत्रमा निर्माण भइरहेका सडक निर्माणमा चुरे र वन क्षेत्र परिहालेमा वनरक्षकले नियन्त्रणमा लिइहाल्छन् । कुनैपनि ठुला आयोजना हुन या साना विकास निर्माण क्षेत्रमा मापदण्ड विपरित भएका उत्खनन् र ओसार पसार नियन्त्रण गर्ने गरिएको छ ।

मकवानपुरका विभीन्न खहरे खोला तथा नदि क्षेत्रमा वातावरणिय प्रभाव मुल्याङकन (आईई) नगरेको क्षेत्रमा ट्याक्टर, टिफर, लोडर, एक्साभेटर गइहालेमा डिभीजन वन कार्यालय हेटौंडाका डिभिजन वन अधिकृत इमनाथ पौडेलको निर्देशनमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिने काम हुँदै आएको छ ।
कुनैपनि विकास निर्माणका काममा होस या सडक निर्माणमा प्रयोग भएका सरकारी सवारीका साधन पनि नियन्त्रणमा लिइदै आएको छ । तर, हेटौंडा उपमहाँनगरपालिका वडा नम्बर ६ चित्रेपानी वनक्षेत्रमा पर्ने खहरे खोलामा दोहन भएको छ । यहाँ खहरे दोहनमा एक्साभेटर, टिफर प्रयोग भएका छन् ।

यस क्षेत्रमा एउटा एक्साभेटर, व्याक हो लोडर र चार वटा टिपर प्रयोग भएका छन् । यसलाई भने नियन्त्रणमा लिएर वन प्रमुखले कार्बाही गर्नुको सट्टामा आँखा चिम्लीएर वसेको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन् । हेटोंडा ६ मा खहरे खोलामा मात्र होइन, यसक्षेत्रका साना साना सालका रुख समेत कटान गरेर चुरेक्षेत्रको दोहन भएको स्थानीय वासिन्दाहरुको भनाई छ ।

वनका डिएफओ आफैले दोहन हरेर फर्किए तर, कार्बाही भएन
हेटौंडा ६ मा १० मिटर गहिराइमा एक्साभेटरले चुरे दोहन गरेको डिभीजन वन प्रमुख इमनाथ पौडेललाई दुई महिना अगाडी देखिनै जानकारी छ । टिपर र उत्खनन् गर्ने एक्साभेटर समेत नदेखिनेगरी गहिराइमा खन्दै माटोले पुर्दै गरिएको छ । यसका बारेमा जानकारी पाउने वित्तिकै वन प्रमुख पौडेल चुरे दोहनको अवलोकन गर्नका लागि गएको वताउनुहुन्छ । तर, दोहनमा प्रयोग हुने एक्साभेटर, टिफर भने नियन्त्रमा नलिनु संकाको विषय वनेको छ ।

अन्यत्र ठुला आयोजनामा खोला खन्दा समेत नियन्त्रणमा लिने तर, यस वन क्षेत्रको दोहनको अवलोकन गरेको वताउने पौडेलले नियन्त्रणमा लिनुको सट्टा काममा थप प्रसय दिनुभएको छ । यसक्षेत्रको उत्खनन् हेर्न गएको वताउँदै पौडेल भन्नुहुन्छ–‘धेरै समय अगाडी गएर यस क्षेत्रमा भएको उत्खनन् हेरेको हुँ । तर, अहिले म गएको छैन के भएको छ थाहा छैन । तर, त्यसक्षेत्रबाट उत्खनन्मा प्रयोग भएका सवारीका साधन नियन्त्रणमा लिएको छैन ।’

साना सालका विरुवा पुरिए, ठुला सालका रुखका विचमै चुरेको वालुवा थुपारियो
हेटौंडा ६ को यस वन क्षेत्रमा खहरे र वन क्षेत्र उत्खनन् गर्ने काम संगै सयौंै वटा साना सालका विरुवा पुरिएको छ । धेरै सालका रुख एक्साभेटरले उत्खनन् गरेर पुरेका समेत छन् । उत्खनन् गर्ने शिलसिलामा र टिपरले ग्राभेल ओसार्ने क्रममा सालका विरुवा मार्नेसंगै पुरिएको समेत छ । अझै केही अग्ला सालका विरुवा अबैध रुपमा उत्खनन् गरिएको ग्राभेल थुपारिएको क्षेत्रको विचमा राखिएको छ । ग्राभेल थुपारिएको क्षेत्रमा सालका विरुवा पनि देख्न सकिन्छ । तर, यतीका धेरै वनको विनास गर्दा वन कार्यालयले वेवास्ता गरेको स्थानीय वासिन्दाहरुको भनाई छ ।

वन कार्यालयको नियन्त्रणमा ७८ वटा सवारीका साधन
मकवानपुरका खोलामा अबैध रुपमा खोलाको उत्खनन् गर्ने र ओसार पसार गर्ने ७८ वटा सवारीका साधनलाई डिभीजन वन कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । आठ महिनाको अवधिमा ७८ वटा सवारीका साधन नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेले वताउनुभयो ।

२०७६ साल जेठ ३१ गते देखि यही चैत २ गते सम्ममा नियन्त्रणमा लिएका अधिकांश सवारीका साधनलाई कार्बाही गदै जरिवाना लिएर छाडिएको छ । वन क्षेत्र र खहरेखोलाबाट नियन्त्रणमा लिइएका मध्य बकैयाँ गाउँपालिका वडा नम्बर ६ कालिवन वनक्षेत्रमा उत्खनन् गरिएको सवारीका साधन र यसमा संलग्न संघीय सांसद बहादुर सिंह तामाङ सहितलाई मुद्धा दायर गरिएको लामिछानेले वताउनुभयो । यस भन्दा बाहेकका क्षेत्रका सवैलाई जरिवानाको भरमा मात्र छोडिएको छ ।
चुरेक्षेत्रको दोहन हरेर फकिएका डिभीजन वन प्रमुख इमनाथ पौडेलले कार्बाही कार्बाही गर्न नचाहेको वन क्षेत्र उत्खनन्का तस्बिर ।














