नेपाली दिवेश अमेरिकी आइडलमा: जजकाे वान्स माेर

जनपत्र
६ चैत्र २०७६, बिहीबार ०६:०६

अमेरिकन आइडलको अडिसनबाटै निर्णायकको मन जित्न सफल नेपाली गायक दिवेश पोख्रेलले ‘हलिउड वीक’ राउन्डमा पनि निर्णायकबाट प्रशंसा बटुलेका छन् । यो राउन्डमा प्रतिस्पर्धीले विभिन्न विधाका गीत गाएर आफूलाई अब्बल सावित गर्ने प्रयास गर्छन् ।

स्टेज नाम ‘अर्थर गनुले चिनिने दिवेशले ब्ल्याक क्रोजको ‘हार्ड टू ह्याण्डलु बोलको गीतबाट निर्णायकको मन जिते । उनको प्रस्तुतिमा निर्णायक लायोनल रिची, केटी पेरीर लुक ब्रायनले उठेर उनीसँगै नाचे । ब्रायनले त दिवेशलाई गायनमा समेत साथ दिए । निर्णायकदेखि दर्शकसँग आफ्नो प्रस्तुतिमा झुमेको देखेर दिवेश पनि खुशी भए । उनलाई साथ दिन बहिनी रुपा कार्यक्रममा उपस्थित थिइन् ।

निर्णायक रिचीले त दिवेशले आफूलाई ुबब मार्लीुको सम्झना गराएको केटीलाई बताए । उनले केटीले भने, ‘थाहा छ दिवेशले मलाई बब मार्लीको सम्झना गराउँछ । उसको स्टेजको उर्जा, ओ माइ गड ।’ कार्यक्रममा दिवेशको प्रवेश नमस्तेसँगै सुरु भएको थियो । यसअघि अडिसनमा नमस्ते गर्दै प्रवेश गरेका दिवेशले नेपाली सँस्कृति नभुलेको भन्दै धेरैले प्रशंसा गरेका थिए । अडिसनमा दिवेशलाई लुकले त आइडलकै स्टार भनेर प्रशंसा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*