कोरोना भाइरस शङ्कास्पद ३४ जनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’

जनपत्र
६ चैत्र २०७६, बिहीबार ०६:०१

विभिन्न अस्पतालको आइसोलेशन वार्डमा भर्ना भइ उपचार गराइरहेका कोरोना भाइरस ‘कोभिड-१९’ शङ्कास्पद ३४ जनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मङ्गलबार राति १६ जना र बुधबार अपराह्न १८ जना गरी कुल ३४ जनाको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो । परीक्षण रिपोर्टमा सबैको नतिजा ‘नेगेटिभ’ सङ्क्रमण नभएको आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*