महिलालाई चलचित्र पत्रकारिता क्षेत्रमा आर्कषित गर्नेछु— उपाध्यक्ष थापा

जनपत्र
५ चैत्र २०७६, बुधबार २१:४५

हेटौंडा/ चलचित्र पत्रकार संघले नयाँ नेतृत्व पाएसंगै मकवानपुरकी दिपज्योति थापा महिला उपाध्यक्षमा चयन भएकी छिन् ।

हेटौंडा—०६ चौघडा निवासी थापा सोमबार चलचित्र पत्रकार संघको चुनावबाट निर्विरोध चयन भएकी थिइन् । विगत ७ वर्षदेखि चलचित्र क्षेत्रमा लागेकी थापा हाल नेपालकला प्राइभेट लिमिटेडको प्रबन्ध निर्देशक रहेकी छिन् ।

अध्ययनको सिलशिलामा चितवन पुगेकी थापा उनले बाटनै सञ्चार क्षेत्रमा प्रवेश गरेकि थिईन् । बाल कार्यक्रमबाट सुरुवात गरेकी थापा २०७० सालबाट मकवानपुरको सञ्चार माध्यममा आवद्ध भई चलचित्र संघ मकवानपुरको सदस्यमा समेत रहेकि थिईन् ।

अहिले संघको महिला उपाध्यक्षमा चयन भए पश्चात विशेष गरि महिलाको पक्षलाई नै केन्द्रित गरेर काम योजना रहेको जानकारी गराईन् । महिलालाई यो क्षेत्रमा आर्कषित पर्ने मेरो पहिलो काम हो । हरेक क्षेत्रबाट पत्रकार महिला सक्षम भएपनि स्थान दिईदैन । सक्षम पत्रकार महिलाको कुनै स्थान छैन् । थापा भन्छिन्, अझ भनौ चलचित्र पत्रकारितामा अझैपनि महिला खुलेर लाग्न नसकेको अवस्था छ । चलचित्र भन्ने बित्तिकै एक मनोरञ्जनात्मक क्षेत्रलाई मात्र लिने गरेको देखिन्छ त्यो एकदम गलत हो । कयौं निर्माण भएका चलचित्रले समाज परिवर्तनमा टेवा समेत पु¥याएको छ थापा भन्छिन् । मानिसमा रहेको यस्ता खाले संक्युर्ण सोचलाई पखाल्नको लागि उपाध्यक्ष भएको नाताले लाग्ने छु ।

त्यस्तै जिल्ला शाखाको लागि कुरा गर्दै थापाले भनिन्, जिल्लामा रहेको शाखा एकिकृत गर्न नसकेको कुरा पहिलैदेखि चल्दै आइरहेको छ यो कुरालाई मनन गर्दै म र मेरो टिम अघि बढ्ने छ । सबैलाई हात र साथ गरि अघि बढ्नलाई सक्दो प्रयास गर्ने थापाले बताईन् । चलचित्र पत्रकार संघले केन्द्रका पत्रकारलाई मात्र सम्मान गर्ने चलन छ त्यस कुरालाई अन्त्य गर्दै जिल्लाका चलचित्र पत्रकारलाई समेत सम्मान गर्ने मौका अबको नेतृत्वले गर्ने थापाले प्रतिबद्धता व्यत गरे ।

थपाले मकवानपुर जिल्लामा रहेर टिम टेलिभिजनमा काम गरेकी थिइ्रन् । हाल उनले काठमाण्डौंमै आफ्नो कार्य स्थल बनाँउदै आएकी छिन् । थापाले, पदम् कन्या क्याम्पसबाट मानविकि संकाय स्नाकोत्तरमा स्वर्ण पदक प्राप्त गरेकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*